तेक्वान्दो टोली थाइल्यान्ड जाने

पोखरा स्पोर्ट्स । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ ।

अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डंगोल र मुना खवास रहेका छन् ।

टोलीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङ र प्रशिक्षक अर्जुनभक्त राईले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close