भलिबल टिम मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

पोखरा स्पोर्टस । एभरेस्ट महिला भलिबल लिग फ्रेन्चाइजी मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ भने नयाँ लोगो हरियो रङ्को रहेको छ ।

लोगो बारे मधेश युनाइटेडले भनेको छ- ‘खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाएको छ ।’

‘यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ । लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।

मधेश युनाईटेडको लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।

मधेश युनाइटेडको टिममा हाल निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा र बसन्ती साउद रहेका छन् । त्यस्तै प्रशिक्षकमा कोपिला उप्रेती रहेकी छन् भने 

ब्रान्ड एम्बेसडर अभिनेत्री नीति शाह रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close