एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभामा खेलाडी सम्मानित

पोखरा स्पोर्ट्स । एथलेटिक्स खेलको प्रवर्द्धनमा सक्रिय संस्था एथलेटिक्स परिवार, नेपालले आफ्नो चौथो वार्षिक साधारण सभा तथा बार्षिकोत्सव आइतबार काठमाडौंमा सम्पन्न गरेको छ । 

सभामा अध्यक्ष राजन खत्रीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरे भने महासचिव मञ्जु श्रेष्ठले संस्थाको गतिविधि प्रतिवेदन र बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष प्रेम महतले आर्थिक विवरण प्रस्तुत गरे ।

कार्यक्रममा त्रिभुवन आर्मी क्लबका लामो दूरीका धावक खड्कबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपाने, साथै एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देवीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा नेपालभर १४ वटा खेलकुद कार्यक्रममा प्राविधिक सहयोग गरेको उल्लेख गर्दै, यो वर्ष थप सक्रिय रहने जनाएको छ । यस अन्तर्गत, कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट’, असोज महिनाबाट नेपालका पाँच स्थानमा ‘नेपाल रन ५ किमी च्यालेन्ज’ र पुस महिनामा काठमाडौंमै ‘राष्ट्रिय मिक्स रिले रन’ आयोजना गरिने बताइएको छ ।

त्यसैगरी, आगामी वर्षभरमा देशभर आयोजना हुने करिब १० वटा एथलेटिक्स प्रतियोगितामा प्राविधिक सहयोग प्रदान गरिने अध्यक्ष खत्रीले जानकारी दिए । कार्यक्रम कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यता र संस्थाका सल्लाहकार मोहन नेपालको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close