
पोखरा स्पोर्ट्स । पोखरामा खेलकुदको माध्यमबाट समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यसहित नियमित रूपमा सञ्चालन हुँदै आएको ‘मासिक दौड कार्यक्रम’ले दौड संस्कृतिको विकासमा महत्वपूर्ण प्रभाव पार्न थालेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले यो अभियानलाई अगाडि सारेको हो ।
“नियमित दौडले मानिसहरूलाई शारीरिक रूपमा तन्दुरुस्त मात्र होइन, मानसिक रूपमा पनि सजग बनाउने काम गर्छ । विशेषगरी बालबालिका र युवा पुस्तालाई मोबाइल, टिभी र गेमिङबाट बाहिर ल्याएर सक्रिय जीवनशैलीतर्फ डोर्याउने उद्देश्य सफल बन्ने विश्वास लिएका छौं ,” पूर्व अध्यक्ष गुरूङले भने ।
मञ्चका पूर्व अध्यक्ष तथा कार्यक्रमका रेस डाइरेक्टर तेज गुरूङका अनुसार यो केवल दौडको कार्यक्रम नभई समाज रुपान्तरणको अभियान रहेको बताए । उनले भनेका छन– “हामीले यो अभियानमार्फत समाजका हरेक वर्गलाई जोड्ने प्रयास गरेका छौं,” उनले भने, “दौडमार्फत समाजमा स्वास्थ्य, अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्न सकिन्छ ।”
विगत ६ महिनादेखि सञ्चालनमा रहेको मासिक दौड अभियानले ८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिहरूलाई समेट्दै आएको छ । विद्यार्थी, आमा समूह, सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सवारी चालकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने यस कार्यक्रम मञ्चको रजत वर्ष महोत्सव अन्तर्गत निरन्तरता दिएको छ ।
“पोखरालाई दौडको शहरको रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौड प्रतियोगिताको आयोजना सम्भव बनाउनेछ। यसले पोखरामा खेल पर्यटन विकासको ढोका खोल्न सक्छ”, गुरूङ भन्छन्–“‘आमा समूह दौड’ महिलालाई खेलकुदमा अझ सक्रिय बनाउने उद्देश्य बोकेको छ । महिलाले दौडमा सहभागिता जनाउँदा उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा समेत बृद्धि हुने अपेक्षा हामीले गरेका छौं ।”
यसैक्रममा यही साउन १७ गते ‘आमा समूह दौड’ आयोजना गरिने मञ्चले जनाएको छ। महिलाहरूको सहभागिता बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त दौडले महिला सशक्तिकरण र स्वास्थ्यप्रतिको चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
सोही सन्दर्भमा पोखरा म्याराथनको रुट पोखरा महानगर पालिकाको वडा नं १ देखि १७ हुँदै १८, २३ र २४ नं वडाहरुमा मञ्चको सक्रियतामा यति बेला प्रचार प्रसार संगै १९ औं सस्करणमा सहयोग गर्नेहरुलाई समेत प्रशंसापत्र वितरण अभियानलाई अघि बढाएको छ । पोखरा म्याराथन संघ संस्था समन्वयका समितिका संयोजक सम्मर बहादुर श्रेष्ठ, सह संयोजक उत्तम जोशीसहितको टोली यति बेला वडा एवं टोल–टोलमा पुगेर साउन १७ गते हुने आमा समुह दौडको प्रचार प्रसार अभियानको समेत व्यापक प्रचारमा जुटिरहेको छ ।
हरेक महिना समाजका हरेक वर्गलाई जोड्दै आफ्नो अभियानमा सक्रिय मञ्चले दौडमा विजेताहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै आएको छ भने पाँच पटक हरेक महिना सहभागि हुनेलाई विशेष उपहार समेत प्रदान गर्दै आइरहेको छ । “नियमित दौडले मानिसहरूलाई शारीरिक रूपमा तन्दुरुस्त मात्र होइन, मानसिक रूपमा पनि सजग बनाउने काम गर्छ । विशेषगरी बालबालिका र युवा पुस्तालाई मोबाइल, टिभी र गेमिङबाट बाहिर ल्याएर सक्रिय जीवनशैलीतर्फ डोर्याउने उद्देश्य सफल बन्ने विश्वास लिएका छौं ,” पूर्व अध्यक्ष गुरूङले भने ।
हरेक महिना आयोजना हुने मासिक दौडलाई विभिन्न वडा कार्यालयहरुले समेत सहयोग गर्दै आइरहेका छन् भने मञ्चले आफ्नै खर्चमा समेत यो कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । “पोखरालाई दौडको शहरको रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौड प्रतियोगिताको आयोजना सम्भव बनाउनेछ। यसले पोखरामा खेल पर्यटन विकासको ढोका खोल्न सक्छ”, गुरूङ भन्छन्–“‘आमा समूह दौड’ महिलालाई खेलकुदमा अझ सक्रिय बनाउने उद्देश्य बोकेको छ । महिलाले दौडमा सहभागिता जनाउँदा उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा समेत बृद्धि हुने अपेक्षा हामीले गरेका छौं ।”
मञ्चले पोखरालाई ‘दौडको शहर’का रूपमा स्थापित गर्दै खेल पर्यटनको सम्भावनालाई समेत उजागर गर्ने लक्ष्य राखेको छ। स्वास्थ्य जीवनशैली, सामाजिक समावेशीकरण, महिला सहभागिता, युवा प्रेरणा र शारीरिक तन्दुरुस्तीलाई जोड्ने यस्ता कार्यक्रमहरू पोखराको शहरी जीवनमा स्थायी सुधार ल्याउन सहायक हुने विश्वास गरिएको छ ।
साथै, साउन १७ को आमा समूह दौडसँगै, यो अभियान अझ गहिरो रूपमा आम नागरिकको जीवनमा समाहित हुने अपेक्षा गरिएको छ । मञ्चले आगामी महिनाहरूमा पनि वर्ग विशेष लक्षित दौडका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ, जसले ‘दौड संस्कृतिको विकास’ मा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
पोखरा महानगरको नारा ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ लाई आत्मसात गर्दै सञ्चालनमा आएको मासिक दौडले समग्रमा समाजमा खेल संस्कृतिको जग बसाल्ने दिशामा ठोस कदम चालेको विश्लेषण गरिँदैछ ।

