
पोखरा स्पोर्ट्स । इङल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा ३११ रनको बढ्त लिएको छ ।
इङल्याण्डले पहिलो इनिंगमा ६६९ रन बनाएर अल आउट भएसँगै पहिलो इनिंगमा ३११ रनको अग्रता लिएको हो ।
इङल्याण्डका लागि जो रुटले १५० रन बनाएका थिए भने कप्तान बेन स्टोक्सले १४१ रन बनाएका थिए । त्यस्तै बेन डकेटले ९४ र ज्याक क्रवलीले ८४ रन बनाए भने ब्राइन कार्सले ४७ रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दर र जसप्रित बुमराहले २-२ विकेट लिए । त्यसैगरी अन्शुल काम्बोज र मोहमद सिराजले एक एक विकेट लिएका थिए ।
यसअघि भारतले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो ।
अब भारतले चौथो टेस्टको बाँकी दिन र पाँचौं दिन यस टेस्टमा हारबाट बच्ने प्रयास गर्ने छ ।
