विश्व सेपाकताक्रो आईएसटीएएफमा नेपाललाई एक स्वर्ण र एक रजत

पोखरा स्पोर्ट्स । नेपालले ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा एक स्वर्ण पदक र एक रजत पदक जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको हो ।

जुलाइ २२ देखि २८ तारिखसम्म थाइल्यान्डमा जारी प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गरिरहेको छ ।

आईएसटीएएफ विश्व च्याम्पियनसिपमा खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन, मिजास लामा, सुमित्रा डंगोल र निरु थापा मगर सहभागी रहेका छन् ।

त्यस्तै अफिसियलमा व्यवस्थापक नेत्रप्रसाद गुरुङ, प्रशिक्षक अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायक मेघराज तोलङगी तथा आईटीओ नेसिर मास्के रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close