बार्सिलोनाले राशफोर्डलाई भित्र्यायो

पोखरा स्पोर्ट्स । इङल्याण्डका फरवार्ड मार्कस राशफोर्ड बार्सिलोनामा गएका छन् । राशफोर्डलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडबाट लोनमा एक बर्षका लागि भित्र्याएको हो । 

२७ बर्षिय राशफोर्डले गत सिजन एस्टन भिल्लाबाट प्रिमियर लिगमा खेलेका थिए । उनले १७ खेलमा ४ गोल गरेका थिए ।

आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाका लागि राशफोर्डसँगको लोन सम्झौता एक बर्षका लागि भित्र्याएको र अर्को बर्ष उनलाई किन्न सक्ने विकल्पसहित सहमति भएको रिपोर्टमा उल्लेख छ ।

बार्सिलोनाले राशफोर्डलाई किन्न चाहेमा अर्को सिजनमा ४० मिलियन डलरमा लिन्न सक्ने सहमति भएको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close