साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह ए मा

पोखरा स्पोर्ट्स ।  श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपको ड्र सार्बजनिक भएको छ ।

आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ‘ए’मा परेको छ ।

समूह ए मा नेपालसँगै श्रीलंका र बंगलादेश रहेका छन् ।  

त्यस्तै समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

दक्षिण एसियाका सात देश सहभागी हुने प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने भएको छ । 

प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close