भारत र पाकिस्तानको विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द

पोखरा स्पोर्ट्स ।  भारत र पाकिस्तानबीच हुने विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द गरिएको छ । भारतीय खेलाडीहरूले आफ्नो नाम फिर्ता लिएपछि आयोजकहरूले यो निर्णय लिएका हुन् ।

विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै खेल नहुने जानकारी दिएको हो ।

भारतीय खेलाडीहरु शिखर धवन, सुरेश रैना र हरभजन सिंह जस्ता अनुभवी खेलाडीहरूले यो खेल बहिष्कार गरेपछि खेल स्थगित भएको बताइएको छ ।

शिखर धवनले यस विषयमा जानकारी दिदै आफुले पाकिस्तानविरुद्धका कुनै पनि खेल नखेल्ने स्पष्ट गरेका छन् ।

भारत-पाकिस्तानबीचको यो खेललाई लिएर सामाजिक सञ्जालमा धेरै आक्रोश समेत व्यक्त भएको थियो । अन्ततः आयोजकहरूले यसलाई रद्द गर्ने निर्णय गरे ।

यो प्रतियोगितामा युवराज सिंहको नेतृत्वमा रहेको टोलीको पहिलो खेल थियो । भारतीय टोलीमा शिखर धवन, सुरेश रैना, रोबिन उथप्पा र अम्बाती रायडु जस्ता ब्याट्सम्यानहरू रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close