इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा

पोखरा स्पोर्ट्स ।  इङल्याण्ड जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

अब सेमिफाइनलमा इङल्याण्डको सामना इटालीसँग हुने भएको छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close