‘प्रगती नाथ’ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध

पोखरा स्पोर्ट्स । नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगती नाथ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध भएकी छन् ।

पोखरा निन्जाजले उनलाई दोस्रो संस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि अनुबन्ध गरेको हो । गत सिजनमा उनी पोखरा थण्डर्सको टिमबाट एभरेष्ट महिला भलिबल लिगमा प्रतिष्पर्धा गरेकी थिइन् ।

प्रगतीले आफू पोखरा निन्जाज संग जोडिन पाउँदा गौरव र उत्साहित भएको बताएकी छन् । उनले टिममा सहभागि हुन पाउँदा खुसी लागेको जनाउँदै भनिन्–“टोलीले उत्कृष्ट प्रदर्शन गर्दै बिजय हासिल गर्नेमा म विश्वस्त छु ।”

प्रतियोगिताका लागि प्रगतीले आफू शारिरिक र मानशिक रुपमा समेत् तयार रहेको उनले जनाएकी छन् ।

प्रगतीको आगमनले टिमले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पोखरा निन्जाजका निर्देशक विकाश खेतानले जनाएका छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता दोस्रो सस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ आगामी भाद्र २० देखि २८ गते सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close