इटाली महिला युरोकपको सेमिफाइनलमा

पोखरा स्पोर्टस ।  इटाली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो ।

इटालीको जितमा क्रिस्टियाना गिरेलीले दुवै गोल गरेकी थिइन् । त्यस्तै नर्वेका लागि एक गोल अदा हेगेरबर्गले एक गोल गरेकी थिइन् ।

अब सेमिफाइनलमा इटालीले स्विडेन र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुदैछ ।

युरोकप अन्तर्गत क्वाटरफाइनलमा आज राति  स्विडेन र इङल्याण्डबीच खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close