सहिद स्मारक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आह्वान

पोखरा स्पोर्टस ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइन आह्वान गरेको छ ।  एन्फाले एक सूचना प्रकाशित गर्दै शहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आह्वान गरेको हो । 

लोगो डिजाइनका लागि आवश्यक मापदण्ड 
– थीम: लोगोले फुटबलको भावना, राष्ट्रप्रेम, र सहिदहरूप्रतिको सम्मान झल्काउने हुनुपर्छ ।
– लोगोमा समावेश हुनैपर्ने तत्वहरू: फुटबल प्रतीक (जस्तै: बल, गोलपोष्ट वा खेलसम्बन्धी कुनै चिन्ह, नेपाली पहिचान (राष्ट्रिय झण्डा, रङ वा संस्कृति झल्काउने डिजाइन), सहिदको सम्मान र प्रतिनिधित्व गर्ने चिहन वा कल्पना, स्पष्ट रूपमा ‘सहिद स्मारक ए डिभिजन लिग’ भन्ने पाठ (टेक्स्ट) समावेश

-फरम्याट: डिजाइन एडोब इलुसट्रेटर फाइलमा पेश गर्नुपर्नेछ ।
– मौलिकता: लोगो पूर्णत: मौलिक हुनुपर्छ, अन्य कुनै लोगोबाट नक्कल गरिएको हुनुहुदैन
– प्रयोगः लोगो विभिन्न माध्यमहरुमा प्रयोग गर्न मिल्ने हुनुपर्छ (जस्तैः प्रिन्ट, डिजिटल, तथा टेलिभिजन ब्रोडकास्ट)

लोगो पेश गर्ने अन्तिम म्याद : एन्फाले इच्छुकले आफ्नो डिजाइन २०८२ भदौ १५ गते (अगष्ट ३१, २०२५) भित्र procurement@the-anfa.com मा इमेल मार्फत पठाउन आग्रह गरेको छ । एन्फाले चयन गरिएको लोगोमा आवश्यक परेमा संशोधन गर्ने र सबै आधिकारि प्रयोजनमा प्रयोग गर्ने अधिकार राख्ने बताएको छ ।

उत्कृष्ट डिजाइनलाई एन्फाबाट नगद ३५ हजार (पैंतीस हजार रुपैयाँ) प्रदान गरिने एन्फाले जनाएको छ ।

ट्रफी डिजाइनका विशेषता
– ट्रफी १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिनेछ

डिजाइनले निम्न पक्षहरु झल्काउनु पर्नेछ 
– फुटबलमा विजय र सम्मान
– राष्ट्रिय गौरव र पहिचान
– सहिदहरूप्रतिको श्रद्धाञ्जली 

ट्रफी विशिष्ट, भव्य र लिगको गौरवपूर्ण इतिहास झल्काउने किसिमको हुनुपर्छ ।

डिजाइनरले पेश गर्नुपर्ने विवरण
– प्रारम्भिक स्केच वा थ्रीडी मोडेल
– डिजाइनको प्रेरणा तथा व्याख्या
फाइल फारम्याट : पीडिएफ, एडोब इलुसट्रेटर वा थ्रीडी डिजाइन फाइल

लोगो पेश गर्ने अन्तिम म्याद आफ्नो डिजाइन प्रस्ताव २०८२ भदौ १५ (अगष्ट ३०, २०२५) भित्रमा procurement@the-anfa.com मा पठाइसक्नुपर्नेछ । छनोट गरिएको डिजाइन आधिकारिक ट्रफी निर्माणमा प्रयोग गरिनेछ र डिजाइनरलाई एन्फाबाट औपचारिक रुपमा सम्मानित पनि गरिनेछ ।

पुरस्कारः विजेता डिजाइनरलाई एन्फाबाट नगद रु.५०,००० (पचास हजार रुपैयाँ) प्रदान गरिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close