
पोखरा स्पोर्टस । लुका मोड्रीच इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन् ।
एसी मिलानले एक बर्षका लागि मोड्रीचसँग अनुबन्धन गरेको छ । मोड्रीच एसी मिलानमा २०२६ को जुन ३० सम्म रहने छन् भने अर्को एक बर्षको नवीकरणको विकल्पसहितको सम्झौता गरेका छन् ।
रियल म्याड्रिडमा २०१२ देखि खेलेका ३९ बर्षिय मोड्रीचले कुल ५९७ खेल खेलेका मो४३ गोल गरेका छन् ।
मोड्रीचले रियल म्याड्रिडसँग ६ च्याम्पियन्स लिग उपाधि, ४ ला लिगा उपाधि जितेका छन् ।
रियल म्याड्रिडमा मोड्रीचले २८ उपाधि जितेका छन् । उनले २०१८ मा बेलुन डो अर उपाधि जितेका थिए । त्यस्तै उनले राष्ट्रिय टिम क्रोसियाका लागि १८८ खेलमा २८ गोल गरेका छन् ।
