
पोखरा स्पोर्टस । भारत र इङल्याण्डबीचको तेस्रो टेस्ट रोचक मोडमा पुगेको छ ।
लर्ड्स क्रिकेट मैदानमा जारी तेस्रो टेस्टमा भारतले आफ्नो पहिलो इनिंगमा ३८७ रन बनाएर अल आउट भएको छ ।
भारतका लागि केएल राहुलले १०० रन बनाउदै शतकीय पारी खेले भने ऋषव पन्तले ७४, रविन्द्र जडेजाले ७२, करुण नायरले ४०, नितिश कुमार रेड्डीले ३०, वाशिंटन सुन्दरले २३ रन बनाए ।
त्यस्तै इङल्याण्डका बलर क्रिस वोक्सले ३ विकेट लिए भने जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले २-२ विकेट लिए । त्यस्तै ब्राइडन कार्स र शोयब बशीरले एक एक विकेट लिए ।
यस अघि इङल्याण्डले पनि आफ्नो पहिलो इनिंगमा ३८७ रननै बनाएको थियो ।
तेस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ र कुनै विकेट नगुमाएर २ रन बनाएको छ ।
