काभा मेन्स भलिबल खेल्ने टोलीको बिदाइ

पोखरा स्पोर्टस ।  माल्दिभ्समा हुने काभा मेन्स च्यामम्पियन्स लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघ (एनभीए)ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाई गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड सदस्य जगतसिंह धामी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले बिदाई गरे ।

हेल्प नेपालले पोखरामा भएको एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरुले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ । च्यामपियन्स लिग यही जुलाई १७ देखि २३ तारिखसम्म माल्दिभ्सको मालेमा हुनेछ ।

हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपीएफबाट विनोद बहादुर चन्द लगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ ।

सदस्य–सचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । सदस्य–सचिव घिसिङले क्लबले यहाँसम्म आईपुग्न ठूलो चुनौती पार गर्नुपरेकोले अहिले यो सफलतामा आईपुगेको बताए ।

नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपाल स्पोट्र्स क्लबले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए । हेल्प नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए ।

हेल्प नेपाल स्पोर्टस क्लबका खेलाडी
सुवास कुँवर – कप्तान
विष्णुबहादुर क्षेत्री
सफल विक
चिरन्जिवि खड्का
विनोद बहादुर चन्द
याम बहादुर भण्डारी
मनिष मानन्धर
सन्तोष राई
रविन चन्द
रविन नगरकोटी
उस्मान
मोहम्मद आसिफ नाभिद

अफिसियल
कोच-उत्सव खड्का
सहायक कोच-सुजन केसी/राजन कुमार उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close