इङल्याण्डविरुद्ध केएल राहुलले अर्धशतक बनाउदै भारतलाई सम्हाले

पोखरा स्पोर्टस ।  इङल्याण्डविरुद्धको जारी तेस्रो टेस्टको दोस्रो दिनको खेल सकिदा भारतले ३ विकेट गुमाएर १४५ रन बनाएको छ । भारत पहिलो इनिंगमा इङल्याण्ड भन्दा अझै २४२ रनले पछि रहेको छ ।  

भारतका लागि आफ्नो पहिलो इनिंगमा के एल राहुलले अर्धशतक बनाउदै भारतीय टिमलाई सम्हालेका छन् ।  उनी ५३ रन बनाएर खेलिरहेका छन् ।  त्यस्तै ऋषव पन्तले १९ रन बनाएर खेलिरहेका छन् ।

यसअघि भारतका यशश्वी जैसवालले १३, करुण नायरले ४० र कप्तान शुभमन गिल १६ रन बनाएर आउट भएका थिए । 

त्यस्तै इङल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र बेन स्टोक्सले एक एक विकेट लिए । 

यसअघि इङल्याण्डले पहिलो इनिंगमा ३८७ रन बनाएको थियो ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close