
पोखरा स्पोर्टस । नेपाली यू–२० महिला राष्ट्रिय फुटबल टिम भुटानविरुद्ध ६–१ गोलले बिजयी भएको छ ।
नेपालले पहिलो हाफमा ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्दै सहज जित हात पारेको हो ।
साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेल खेलको नेपालका लागि पूर्णिमा राईले ह्याट्रिक पुरा गरिन् । नेपालका लागि पुर्णिमा राईले ४ गोल गरेकी थिइन् भने सेनु परियारले २ गोल गरेकी थिइन् ।
प्रतियोगिता जुलाई २२ सम्म बंगलादेशमा हुदैछ । यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले अब जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् ।
त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।
