
पोखरा स्पोर्टस । वेल्स र रियल म्याड्रिडका पुर्व फरवार्ड ग्यारेथ बेलले इङल्याण्डको लिग वान क्लब कार्डिफ सिटीलाई किन्न प्रस्ताव दिएका छन् ।
यस बर्ष लिग वानमा रेलिगेट भएको कार्डिफ सिटीका हालका मालिक भिन्सेन्ट टान क्लबको स्वामित्व बेच्न दबाबमा परेका छन् । बेलले कार्डिफ सिटीका लागि ५४ मिलियन डलरको खरिद प्रस्ताव दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
बेलले एफओएस टुडेसँग कुरा गर्दै आफुहरुले निकै उत्साहजनक प्रस्ताव दिएको बताएका छन् । उनले आफुहरुको प्रस्तावलाई अहिलेका मालिकले राम्रोसँग हेर्ने प्रतिक्रिया दिएका छन् । बेलले आफुहरुको प्रस्ताव क्लबमा पूर्ण नियन्त्रण गर्न र क्लबको आगामी दिशा तय गर्न भएको स्पष्ट गरेका छन् ।
बेल बाहेक अन्य लगानीकर्ताहरुले पनि क्लबको पूर्ण स्वामित्व खरिदको प्रस्ताव दिइरहेको रिपोर्टमा उल्लेख छ । कार्डिफको २०२३/२४ मा ११.७ मिलियन पाउण्ड घाटा रहेको बताइएको छ ।
