
पोखरा स्पोर्टस । नेपाल एड्भेन्चर रनिङ फेडेरेशन गण्डकी प्रदेशको अध्यक्षमा समेज राजभण्डारी चयन भएका छन् ।
पोखरामा बिहिबार सम्पन्न भेलाले उनीसहित ९ सदस्यिय तदर्थ समिति गठन गरेको हो । अध्यक्षमा चयन भएका राजभण्डारी यूवा व्यसायीहरुको छाता संस्था एन.ई.वाई.एफका अध्यक्ष समेत हुन् भने उनी विभिन्न सामाजिक कृयाकलापमा समेत आवद्ध छन् ।
कार्यसमितिको उपाध्यक्षमा व्रिजेश शंकर पालिखे, महासचिबमा शिवराज सुवेदी, सचिबमा अनिता राई, कोषाध्यक्षमा चन्द्रकान्त भण्डारी चयन भएका छन् ।
यसै गरी कार्यसमिति सदस्यमा रविन्द्र जिशी, सरस्वती नेपाली र सफल लामा चयन भए ।
कार्यक्रममा निर्वाचित कार्यसमितिलाई बधाई दिंदै परिषदका सदस्य बिनय थापाले सहाशिक खेलकुदका लागि अथाह सम्भावना बोकेको गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन कार्यसमितिले भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले योजनावद्ध रुपमा आफ्ना कार्य अघि बढाउन आग्रह गर्दै परिषदका निति निर्देशनलाई समेत पालना गर्न जोड दिए ।
फेडेरेशनका केन्द्रिय कोषाध्यक्ष रिकेश योन्जनले फेडेरेशनलाई संस्थागतरुपमा बलियो बनाउन गण्डकी प्रदेशको नव गठित कार्यसमितिले उत्कृष्ट कार्य गर्नेमा आफू विश्वस्त रहेको जनाउँदै आफूले संघको विकास र प्रवर्द्धनका लागि संगै बसेर सहाशिक खेलकुदको अभियानमा जोडिने बताए ।
सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष राजभण्डारीले आफूलाई दिइएको अवसरका लागि आभार व्यक्त गर्दै गण्डकीको एडभेन्चर रनिङ विकासका लागि सबैको सहकार्यमा योजनावद्ध रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए ।
