रियल म्याड्रिडलाई हराउदै पिएसजी क्लब विश्वकपको फाइनलमा

पोखरा स्पोर्टस ।  पिएसजी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । पिएसजीले रियल म्याड्रिडलाई सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा फाबियन रुइजले दुई गोल गरेका थिए । त्यस्तै ओसमान डेम्बेले र गोन्कालो रामोसले एक एक गोल गरेका थिए ।

अब पिएसजीले फाइनलमा प्रिमियर लिग क्लब चेल्सीसँग खेल्ने छ । चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल जुलाई १३ मा खेलिने छ ।          

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close