
पोखरा स्पोर्टस । करिब तीन वर्ष अघि देखि प्याराग्लाइडिङको सोलो उडान पुनः सुचारु हुने भएको छ ।
तीन वर्ष अघि भएको एक दुर्घटना पनि बन्द भएको सोलो प्याराग्लाइडिङ उडान नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले शुरक्षालाई विशेष ध्यान दिंदै पुनः सुचारु गर्न लागेको हो । प्याराग्लाइडिङका लागि विश्वकै दश उत्कृष्ट गन्तव्य मध्येको एक पोखरा सोलो उडान नहुँदा बर्षेनी करौडौं राजश्व गुम्नुका साथै प्याराग्लाइडिङका प्रतिस्पर्धाहरु समेत ठप्प रहेका थिए ।
व्यवसायिक उडानका लागि व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसीले सोलो उडान सुरू हुने घोषणाले उत्साह ल्याएको बताए । उनले भने–“तीन वर्ष देखि सबै ठप्प थियो । खेलाडी उत्पादन हुन सकेको थिएन । १९ औं एसियाली खेलकुदमा रजत पदक बिजेता नेपाली खेलाडीहरु समेत विदेशमा गएर खेल्न बाध्य थिए । अब क्यानले पुनः सुचारु गर्ने भए संगै उत्साह छाएको छ ।”
क्यानको प्राधिकारिक संस्थाको रुपमा कार्यरत नाले साउनको पहिलो साताबाट सोलो उडान सुरू गर्ने अध्यक्ष केसीले पोखरा स्पोर्टस संगको कुराकानीमा बताए । उनले भने–“हामी संग लाइसेन्स प्राप्त ४ सय पाइलट छन् । २४० जना त प्रत्यक्ष प्याराग्लाइडिङको रोजगारमा आवद्ध छन् । उनीहरुको व्यवसायिक उडान संगै सोलो उडानले नेपाली आकाशमा प्याराग्लाइडिङ खेल स्थापित हुनेछ भने विदेशी सोलो प्याराग्लाइडर्सहरुलाई समेत आकर्षण गर्नेछ ।”
सोलो उडानले नेपाली पाइलटहरुको क्षमता अभिवृद्धि संगै प्रतियोगिताहरुको आयोजनाको ढोका खुलेको अध्यक्ष केसीले बताए । नाले इएर ट्राफिकको हिसावले टेन्डम र सोलो उडान गर्नेहरुलाई प्रत्यक्ष निगरानी गर्दै शुरक्षित उडानका लागि सबैलाई आग्रह संगै ‘निगरानी’ गरिने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए संगै प्याराग्लाइडिङ उडानमा समेत केही परिवर्तन भएको बताउँदै अध्यक्ष केसीले नेपाली पाइलटका लागि भन्दा पनि विदेशी पाइलटहरुका लागि ‘निगरानी’ आवश्यक हुने बताए । यदि उनीहरुले उडान गर्दै गर्दा उल्लघन गरेका समस्या आउने उनको भनाई थियो ।
सोलो उडान नहुँदा हरेक वर्ष हुँदे आएको विश्वकप प्याराग्लाइडिङ तथा दक्षिण एसियालीस्तरका प्याराग्लाइडिङ प्रतियोगिताहरु आयोजना हुन सकेका थिएनन् । अब सोलो उडान खुले संगै ति प्रतियोगिताहरुले समेत स्थान पाउने भएका छन् । स्मरणिय के छ भने पोखरामा सम्पन्न दशौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाबाट सहभागि निशिम थापा मगरको दुर्घटनामा निधन भए संगै पोखरमा कयानले अनश्चिित समयका लागि भन्दै सोलो उडान बन्द गरिएको थियो ।
