अस्ट्रेलियाको ‘द टप इन्ड टी-२०’ सिरिजमा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम खेल्ने

पोखरा स्पोर्ट्स  । अस्ट्रेलियामा ‘द टप इन्ड टी-२० सिरिजमा खेल्ने टिमको टुंगो लागेको छ ।

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।

प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन् ।

नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका भएको छ ।

२०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिने भएको आयोजकले जनाएका छन् ।  

यो प्रतियोगितापछि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० सिरिज खेल्ने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close