नेपालले बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने

पोखरा स्पोर्ट्स | नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपुर्ण  फुटबल खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिने छ ।

एएफसी एसियाली कप छनोटमा बाँकी खेलहरू अघि यी मैत्रीपूर्ण खेलहरूले नेपालको लागि महत्वपूर्ण तयारीको रूपमा खेलिने एन्फाले जनाएको छ ।

एएफसी एसियाली कप छनोटमा नेपाल समूह एफ मा मलेसिया, लाओस र भियतनामसँगै रहेको छ । नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन ।

नेपालले अब जारी छनोटको भागको रूपमा अक्टोबर ९ मा घर बाहिर भियतनामसँग खेल्ने तालिका छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close