राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

पोखरा स्पोर्ट्स | नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।

उज्बेकिस्तान एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टिम सोमबार काठमाडौँ आइपुगेको हो । खेलाडीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतियोगिताको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एशियन कपमा छनौट हुन असफल भएको थियो । यस प्रतियोगितामा नेपालले लाओस र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close