
पोखरा स्पोर्टस । भारतले इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको छ ।
जारी दोस्रो टेस्टमा भारतले दोस्रो इनिंगमा ६ विकेट गुमाएर ४२७ रन बनाएपछि आफ्नो इनिंग घोषणा गर्दै इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको हो । भारतले इङल्याण्डमाथि पहिलो इनिंगमा १८० रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले शानदार शतकीय पारी खेल्दै १६१ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ६९ र ऋषव पन्तले ६५ रन बनाएका थिए । त्यस्तै के एल राहुलले ५५ रनको योगदान दिएका थिए ।
अब यस टेस्टमा आजको करिब १७ ओभर बाँकी रहेको छ भने पाँचौं दिनको खेल बाँकी छ ।
यस टेस्टमा भारतले पहिलो इनिंगमा ५८७ रन बनाएको थियो भने इङल्याण्डले ४०७ रन बनाएको थियो ।
