सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

पोखरा स्पोर्टस ।  सिंगापुरले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको हो ।

सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३-३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।

अब नेपालले उपाधि जित्न ११४ रनको लक्ष्य पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close