
पोखरा स्पोर्टस । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको ड्र भएको छ । यस ड्र मा एपीएफ एफसीको ड्र समुह बी मा भएको छ ।
समुह बी मा एपीएफसहित थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, उज्बेकिस्तानको नसाफ र साउदी अरबको अल नासर रहेको छ ।
प्रारम्भिक चरणमा २० क्लबले प्रतिष्पर्धा गर्दै छन् भने हरेक समुहका विजेता क्लब समुह चरणमा पुग्ने छन् । प्रारम्भिक चरणको समुह बी का खेल आगामी अगस्तमा उज्बेकिस्तानमा हुने छन् । एपीएफले आफ्नो पहिलो खेल अगस्त २५ मा नसाफविरुद्ध खेल्ने छ भने दोस्रो खेल थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग र अगस्त ३१ मा अल नासरसँग खेल्ने तालिका रहेको छ ।
एपीएफले एन्फा महिला लिगको उपाधि जितेर हिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न छनौट भएको थियो ।
