नेपालमा पहिलो पटक राष्ट्रिय महिला ‘फाइभ ए साइड हक्की’ हुने

पोखरा स्पोर्टस । नेपाल हक्की संघको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला ‘फाइभ ए साइड’ हक्की प्रतियोगिता हुने भएको छ ।

नेपालमा पहिलो पटक फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हक्की कोर्टमा हुनेछ ।

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हक्की संघका महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । 

समूह ‘ए’ मा कोशी, बागमती र सुगूरपश्चिम तथा ‘बी’ मा आर्मी, गण्डकी र मधेश  प्रदेश रहेका छन् । 

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने फाइभ ए साइडमा कुल २० मिनेटको खेल हुनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछ । साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close