विश्व भलिबल दिवसमा पोखरामा मैत्रीपूर्ण भलिबल हुने

पोखरा स्पोर्टस । विश्व भलिबल दिवसको अवसरमा पोखरामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल भलिबल संघले दिवस मनाउन देशभरीका आफ्ना संघहरुलाई पत्राचार गरे संगै पोखरामा समेत गण्डकी भलिबल संघले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

जुलाई ७ (असार २३)का दिन पोखरा रंगशालामा प्रदेश भलिबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, कास्की जिल्ला भलिबल संघ र पत्रकारहरु बीच मैत्रीपूर्ण प्रतियोगिताको तयारी गरीएको संघका सदस्य जापान गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

सन् १८९५ मा विलियम मोर्गनले सार्वजनिक रूपमा भलिबलको पहिलो प्रदर्शन गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । विश्वभरका भलिबल संघहरुको छाता संस्था अन्तर्राष्ट्रिय भलिबल महासंघले प्रत्येक वर्ष यो दिन विश्वव्यापी रूपमा भलिबल उत्सवको रूपमा मनाउने गरी निर्णय समेत गरिसकेको छ ।

पोखरामा भने विश्व भलिबल दिवसमा पहिलो पटक कार्यक्रम तय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close