
पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी एक एक जना प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार दिएको छ ।
मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीलाई जनही एक लाख नगद पुरस्कार दिएको छ ।
खेलकुदमन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव हरिप्रसाद लम्सालको अध्यक्षतामा सोमबार मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, छनोट समितिका पदाधिकारीहरु, सम्मानित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीमा तेक्वान्दोका भरत सिंह महता, प्रेम बहादुर लिम्बु, र विर वहादुर महरा रहेका छन् । त्यस्तै कबड्डीकी अनुजा कुलुङ राई र मानमती विष्ट रहेका छन् भने फुटबलकी दिपा शाही रहेकी छन् ।
त्यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामा र बक्सिङका निर्णायक धन कुमार मैनाली र चिकित्सक डा. राजु डंगोल रहेका छन् ।
यसै बीच गण्डकी प्रदेशका खेल पत्रकार दिननाथ बरालले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । उनीसहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार अपर्ण गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले सिंहदरवार काठमाडौंमा सोमबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा देश भरका पत्रकारलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो । खेलकुद पत्रकारिता पुरस्कार वापत नगद रु ५० हजार एकजनालाई अन्यले प्रोत्साहन पुरस्कार वापत जनही नगद रु २५ हजार प्राप्त गरे ।
