
पोखरा स्पोर्टस । नेपाली महिला फुटबल टिमले लाओसविरुद्ध ७-० को अग्रता हासिल गरेको छ ।
एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेलमा पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ६ गोल गरेको हो ।
नेपालका लागि अनिता केसीले आठौ गोल गरेकी छन् भने सावित्राले आफ्नो व्यक्तिगत चार गोल गर्दै नेपालका लागि छैटौं र सातौं गोल गरेकी थिइन् । खेलको ५८औं मिनेटमा रश्मी कुमारी घिसिङले नेपालका लागि पाँचौ गोल गरेकी थिन ।
त्यस्तै खेलको ५५औं मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्ति गत दोस्रो र टिमका लागि चौथो गोल गरेकी थिइन् भने यस अघि ४७औं मिनेटमा सरु लिम्बुले तेस्रो गोल गरेकी थिइन् ।
यस अघि पहिलो हाफमा नेपालका लागि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने खेलको ४४औं मिनेटमा यस खेलमा कप्तानी समेत गरिरहेकी सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।
नेपाली महिला टिमको यो १००औं अन्तर्राष्ट्रिय खेल भएकाले यो खेल विशेष रहेको छ । महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् ।
त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हो ।
