
पोखरा स्पोर्टस । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्जाइजी टिम पोखरा एभेन्जर्सले कप्तान कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरेको छ ।
पोखराले आइतबार रिटेन र रिलिज खेलाडीको सुची सार्बजनिक गरेको हो ।
पोखराले मार्की तथा कप्तान कुशल भुर्तेलसहित, सागर ढकाल, आकास चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई रिटेन गरेको छ ।
त्यस्तै पोखराले सुनाम गौतम, दिलिप नाथ, नारायण जोशी, अमृत गुरुङलाई रिलिज गरेको छ ।
पहिलो संस्करणको एनपीएलमा पोखराले केवल २ खेल जितेर सातौं स्थानमा रहदै सिजन समाप्त गरेको थियो ।
