
पोखरा स्पोर्टस । नेपाली युवा खेलाडी प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन् ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि प्रसिद्धले शतक बनाएका हुन् ।
उनी यो समाचार तयार गरुन्जेल १०६ रन बनाएर खेलिरहेका छन् । इन्डोनेसियाविरुद्ध आक्रामक ब्याटिंग गरेको नेपाल ठुलो लक्ष्य दिनेतर्फ उन्मुख भएको छ ।
नेपालका लागि परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भएका थिए ।
अहिलेसम्म नेपालले २२ ओभरमा २ विकेट गुमाएर २२६ रन बनाएको छ ।
