बेनिफिका र बायर्न म्युनिख फिफा क्लब विश्वकपको नकआउट चरणमा

पोखरा स्पोर्टस ।  बेनिफिका र बायर्न म्युनिख जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् ।

समुह सी अन्तर्गतको अन्तिम खेलमा बायर्न म्युनिख बेनिफिकासँग स्तब्ध हुदै १-० को हार बेहोरेको थियो ।

यस खेलमा खेलको १३औं मिनेटमा एन्ड्रियास स्जेल्डरपले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि समुह सी मा बेनिफिका ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ भने बायर्न म्युनिख भने ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो हुदै यस समुहबाट नकआउट चरणमा पुगेको छ ।

त्यस्तै समुह सी बाट बोका जुनियर्स र अकल्याण्ड सिटी भने बाहिरिएका छन् । बोका जुनियर्सको ३ खेलमा २ तथा अकल्याण्डको ३ खेलमा एक अंक रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close