एसीसी यू-१६ इस्ट जोनमा आज नेपालले जापानको सामना गर्दै

पोखरा स्पोर्टस । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल जापानविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार यो खेल आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।

आज माल्दिभ्स र मलेसिया तथा सिंगापुर र इन्डोनेसियाबीच पनि खेल हुदैछ ।

प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close