गण्डकी महिला भलिबल टोली सेमीफाइनलमा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश महिला भलिबल टोली सेमीफाइनलमा प्रवेश गरेको छ ।

नेकोस खेलकुद महोत्सव हेटौडमा जारी महिला राष्ट्रिय  भलिबल  प्रतियोगितामा सेमीफाइनलमा प्रवेश गरेको टिमका प्रशिक्षक मलिन रोक्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

गण्डकी समुह एबाट एक खेलमा जित र एकमा हार व्यहोर्दै सेमीफाइनल प्रवेश गरेको छ । गण्डकीले आफ्नो पहिलो खेल बागमती विरुद्ध खेल्दै जित हात पार्दा नेपाल पुलिस क्लब संग ३–० को सोझो सेटमा पराजित हुन पुगेको थियो ।

गण्डकी समुह ए मा उपविजेता बन्दै समुह बीको बिजेता न्यू डायमण्ड संग सेमीफाइनलमा भेट पक्का गरेको छ । सेमीफाइनल खेल भोली (मंगलबार) हुनेछ ।

गण्डकी प्रदेश महिला टोलीको कप्तानी महिला राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीले सम्हालेकी छन् । त्यस्तै गरी खेलाडीहरुमा शोभा पाइजा, रेविना घर्ती, स्माइल पुन, विष्णु क्षेत्री, अपेक्षा सुनार, प्रतिक्षा सेन, भावना छन्त्याल, यमुना बुढाथोकी, फविना छन्त्याल, रेक्जिना बोटे र काजल छन्त्याल रहेका छन् ।

टोलीको प्रशिक्षकमा मलिन रोक्का, सहायक प्रशिक्षकमा रामनारायण महतो र टिम म्यानेजरमा सञ्जिव जिसी रहेका छन् । नेकोस कप महिला भलिबल यहि असार ७ गते देखि ११ गते सम्म सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close