पोखरा महानगरको निति तथा कार्यक्रम संगै आयो बजेट, खेलकुदमा कति ?

महानगरको खेलकुद विकासका लागि रु.१ करोड ५८ लाख

पोखरा स्पोर्टस । पोखरा महानगर पालिकाको वार्षिक निति तथा कार्यक्रमसंगै आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको छ ।

त्यस्तै बजेट प्रस्ताव आउनु अघि महानगर प्रमुख धनराज आचार्य निति तथा कार्यक्रम प्रस्तुत गर्दै फेवातालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय ड्रागन बोट रेस, एक्सट्रिम ट्रायथलन, बेगनास तालमा हुने राष्ट्रिय ड्रागन बोट रेस, क्रसकन्ट्री दौड, इन्ड्युरो साइकल रेस, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई मैत्री खेलका रूपमा रूपमा विकास गर्ने जनाएका छन् ।

पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँ प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथामिकताहरु पूरा गर्न प्रस्तावित कार्यक्रमहरु कार्यान्वयनका लागि ८ अर्व ३५ करोड १२ लाख बजेट विनियोजन गरेको उपप्रमुख मञ्जु देवी गुरुङले १७ औं नगर सभामा प्रस्ताव गरेकी हुन् ।

पोखरा महानगर पालिकाले विद्यालय तहदेखि विभिन्न विधामा उत्कृष्ट खेलाडि उत्पादन गर्ने कार्यमा सघाउने कार्यक्रम मध्येको एक राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता लगायत कार्यक्रमलाई निरन्तरता दिएको प्रस्तावित बजेटमा जनाएको छ ।

त्यस्तै नगरक्षेत्रमा आयोजना हुने नगरस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिहरुमा साझेदारी गर्दै महानगरको समग्र खेलकुद विकासका लागि कूल रु.१ करोड ५८ लाख बजेट विनियोजन गरेको उपप्रमुख गुरूङले जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close