
पोखरा स्पोर्टस । चेल्सी जारी फिफा क्लब विश्वकपमा ब्राजिलियन क्लब फ्लामेन्गोसँग पराजित भएको छ ।
गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्लामेन्गोले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
फ्लामेन्गोको जितमा ब्रुनो हेनरिक, डानिलो र वाल्लास यानले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरेका थिए ।
यस खेलमा खेलको ६८औ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि समुह डी मा फ्लामेन्गोको २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै चेल्सीको २ खेलमा ३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
