
पोखरा स्पोर्टस । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा शानदार शुरुवात गरेको छ । ५ खेलको टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ३ विकेट गुमाएर ३५९ रन बनाएर शानदार शुरुवात गरेको हो ।
भारतका लागि शुभमन गिलले अविजित १२७ रन बनाएर खेलिरहेका छन् । यो टेस्ट क्रिकेटमा गिलको छैटौं शतक हो भने पहिलो खेलमा कप्तानी गरिरहेका गिलको कप्तानको रुपमा डेभ्यु शतक हो । त्यस्तै ऋषव पन्तले अविजित ६५ रन बनाएर खेलिरहेका छन् ।
त्यस्तै यशस्वी जैसवाल १०१ रन बनाएर आउट भए भने केएल राहुलले ४२ रन बनाएर आउट भएका थिए । त्यस्तै साई सुदर्शन शुन्यमा आउट भएका थिए ।
त्यस्तै इङल्याण्डका बलर बेन स्टोक्सले २ विकेट लिएका थिए भने ब्राइडोन क्रासले एक विकेट लिएका थिए ।
