गण्डकी प्रदेश भलिबल संघद्वारा एनभिए कपको सहयोग तथा आय–व्यय सार्वजनिक

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले नवौं एनभिए कप महिला तथा पुरूष भलिबल प्रतियोगिताको सहयोग तथा आय–व्यय सार्वजनिक गरेको छ ।  गत जेठ ८ गते देखि १५ गते सम्म पोखरामा सम्पन्न एनभिए कपका लागि कुल १६ लाख ४४ हजार ०८७ रुपैयाँ सहयोग संकलन भएकोे सार्वजनिक गरेको हो ।

सो प्रतियोगितामा कुल १४ लाख ४४ हजार ४३५ खर्च भएको कोषाध्यक्ष टुक बहादुर गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । सहयोग रकम संकलन भएको मध्ये अझै ३५ हजार उठ्न बाँकी रहेको र हाल सो प्रतियोगिता मध्येबाट १ लाख ६४ हजार ६५२ रुपैयाँ बैंक मौजदात रहेको जनाएको छ । सो क्रममा ७० जना व्यक्ति तथा संघ/संस्थाहरुले सहयोग गरेको संघले जनाएको छ । 

प्रतियोगिताका लागि गण्डकी प्रदेश भलिबल संघलाई उल्लेख्य सहयोग प्राप्त भएकोमा सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै गण्डकीको महिला तथा पुरुष टिमलाई अझै सशक्त बनाएर अघि बढ्ने संघका महासचिव टहल सिंह थापाले पोखरा स्पोर्टसलाई बताए । 

टिममा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप एनभिए कपमा गण्डकीले आफ्नो टिमलाई सशक्त बनाउन ३ पाकिस्तानी खेलाडीलाई भित्राएको थियो । जसका लागि हवाई भाडा र उनीहरुको भत्तामा मात्रै संघले सहयोग संकलन भएको मध्ये आधा रकम खर्च गरेको छ । उनीहरुका लागि कुल ८ लाख ७६ हजार ९ सय खर्च भएको संघले जनाएको छ ।

टिमका लागि टाइगर ग्रुप अफ पोखरा नेपालले ट्र्याकसुट सहयोग गरेको थियो भने हरि कुमार श्रेष्ठले टिशर्ट सहयोग गरेका थिए । साथै, अमेरिका, जापान, यूके, अष्ट्रेलिया, यूएई, कुवेत, क्यानडालगायत विभिन्न देशहरु संगै स्वदेशमा रहेका नेपाली समुदायबाट समेत सहयोग प्राप्त भएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close