सियाटल साउन्डर्समाथि एटलेटिको म्याड्रिडको सहज जित

पोखरा स्पोर्टस ।  एटलेटिको म्याड्रिडले फिफा क्लब विश्वकप अन्तर्गत अमेरिकी क्लब सियाटल साउन्डर्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सियाटल साउन्डर्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा पाब्लो बारिओसले २ गोल गरेका थिए भने एक्सेल विसलले एक गोल गरेका थिए । त्यस्तै सियाटल साउन्डर्सका लागि अल्बर्ट रुस्नाकले एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै सियाटल साउन्डर्सले भने आफ्ना शुरुवाती दुवै खेल हारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close