गण्डकी प्रदेश बास्केटबल संघले अन्तरविद्यालय चित्रकला प्रतियोगिता गर्ने

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश बास्केटबल संघले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघले पोखरामा मावीस्तरीय (कक्षा ८ देखि १० सम्मका) विद्यार्थीहरु लक्षित चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष धोज कुमार गुरूङले जानकारी दिएका छन् ।  सो प्रतियोगिता चैत्र ९ गते सोमबार हुनेछ । 

विश्वभर ओलम्पिक डेलाई विविध कार्यक्रमका साथ आयोजना गर्ने प्रचलन अनुरुप संघले चित्रकला प्रतियोगिताको तयारी गरेको अध्यक्ष गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

‘खेलकुद, स्वास्थ्य र सक्रिय समुदाय” शिर्षक अन्तर्गत हुने चित्रकला प्रतियोगितामा प्रत्येक विद्यालयबाट दुई जना विद्यार्थी सहभागी गराउन सकिने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने एकजना लाई नगद रु १० हजार, द्वितीय लाई नगद रु. ७ हजार, तृतियलाई नगद रु ५ हजार तथा सान्त्वना स्वरुप एक जनालाई नगद रु २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

सो प्रतियोगिता पोखरा रंगशालास्थित प्रदेश खेलकुद परिषद्को सभाहलमा आयोजना हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close