स्कटल्याण्डविरुद्ध नेदरल्याण्डस १७ रनले विजयी

पोखरा स्पोर्टस ।  जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्याण्डसले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई १७ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको १९९ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १८१ रन मात्र बनाएको थियो ।

स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ५१ रन बनाए भने माइकल लिस्कले ४६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो । नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक ९० रन बनाएका थिए भने स्कट एडवर्ड्सले ३१ रन बनाएका थिए ।

यो जितपछि सिरिजमा नेदरल्याण्डसको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।  त्यस्तै स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close