राखेप कभर्डहलको स्तरोन्नती हुँदै, सदस्यसचिव घिसिङले गरे निरीक्षण

पोखरा स्पोर्टस ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले स्तरोन्नती हुँदै गरेको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलको निरीक्षण गरेका छन् ।

सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले स्तरोन्नती कार्यको जिम्मेवारी पाएको सुनकोशी कन्ट्रक्सनलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । कभर्डहललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन स्तरोन्नती हुँदैछ ।

निरीक्षणक क्रममा राखेपका सदस्य जगतसिंह धामी, प्रशासन विभागका प्रमुख भोजानन्द राई, पूर्वधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्याललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close