स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

पोखरा स्पोर्ट्स । नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए । त्यस्तै किरण ठगुन्नाले १० रन बनाए भने लोकेस बमले ९, कप्तान रोहित पौडेलले ७, अनिल शाहले ३ र रुपेश सिंहले ३ रन बनाएका थिए । त्यस्तै करण केसीले अविजित ३ रन बनाएका थिए ।

करणको १०० विकेट
नेपाली क्रिकेटर करण केसीले टी-२० क्रिकेटमा सय विकेट पुरा गरेका छन् । करणले स्कटल्याण्डविरुद्धको खेलमा विकेट लिएसँगै आफ्नो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका हुन् । स्कटल्याण्डविरुद्ध करणले २ विकेट लिएका थिए । करणले ८० खेल खेल्दै १०१ विकेट लिएका छन् ।

करणले टी-२० अन्तराष्ट्रिय खेलमा नेपालबाट धेरै विकेट लिने सूचीमा दोस्रो स्थानमा रहेका छन् । शिर्ष स्थानमा रहेका सन्दीप लामिछानेले ५९ खेल खेल्दै ११५ विकेट लिएका छन । त्यस्तै सोमपाल कामीले ७८ खेल खेल्दै ७६ विकेट लिएका छन् भने अविनाश बोहोराले ७५ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५० विकेट लिएका छन् ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको थियो । 

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए । 

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए । 

योसँगै यस सिरिजमा नेपालले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको स्कटल्याण्डले दोस्रो खेलमा हार बेहोरेको छ ।

अब सिरिज अन्तर्गत बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close