नेदरल्याण्डस विरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

पोखरा स्पोर्टस । नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।

स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।

नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी–२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।

आइसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

२० जुनसम्म हुने यो त्रिकोणात्मक टी–२० सिरिजमा मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

आजको खेलमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, अनिल शाह, नन्दन यादव, ललित राजबंशी, करण केसी, रुपेश सिंह, लोकेस बम, सन्दीप लामिछाने र किरणकुमार ठगुन्ना रहेका छन् ।

रुपेश सिंह र किरण कुमार ठगुन्नाले अन्तर्राष्ट्रिय टी–२० मा डेब्यू गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close