एटलेटिकोमाथि पिएसजीको ४–० को शानदार जित

पोखरा स्पोर्टस । जारी फिफा क्लब विश्वकप अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एटलेटिको म्याड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close