प्रचण्ड कप राष्ट्रिय महिला भलिबल : पुलिस र एपिएफ उपाधि नजिक

पोखरा स्पोर्टस । दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ को फाइनलमा प्रबेश गरेका छन् ।

पोखरा रंगशालास्थित कभर्डहलमा आज (शुक्रबार) सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि भोलि (शनिबार) फाइनल खेलमा प्रतिष्पर्धा गर्ने भएका हुन् ।

पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गरेको छ । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

यस अघि पोखरामा केही साता अघि सम्पन्न भएको नवौं प्रधानमन्त्री कप एनभिए भलिवल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोश्रो उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।

दोश्रो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

शनिबार दुबै टोलीले उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन भने तेश्रो स्थानको लागि शनिबार ३ः०० बजे एभेरेष्ट बिरुद्ध न्यु डायमण्ड बिच खेल हुने भएको नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताएका छन्  ।

पाल्पाको स्टेप रामपुर र घरेलु टिम गण्डकी भलिवल संघले लिग चरणबाट बाहिरिएका थिए । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् ।

साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close