
पोखरा स्पोर्टस । अस्ट्रेलियाले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलिया दोस्रो इनिंगमा २०७ रनमा अल आउट भएसँगै पहिलो इनिंगमा ७४ रनको अग्रतासहित २८१ रनको कुल अग्रता हासिल गरेको हो ।
अस्ट्रेलियाका लागि दोस्रो इनिंगमा पुछारक्रमका ब्याट्सम्यान मिचेल स्टार्कले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै एलेक्स केरीले ४३ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ४ विकेट लिएका थिए भने लुंगी एंगीडीले ३ विकेट लिएका थिए । त्यस्तै मार्को जान्सेन, विआन मुल्डर र एडन मार्क्रमले एक एक विकेट लिएका थिए ।
अब यो फाइनलमा अब दक्षिण अफ्रिकाले जित हासिल गर्न २८२ रनको लक्ष्य पाएको छ ।
